अर्थ समितिद्वारा जलेश्वर भन्सार कार्यालयको अनुगमन
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले महोत्तरीको जलेश्वरस्थित भन्सार कार्यालयको अनुगमन गरेको छ।
भन्सार कार्यालयबाट हुने राजस्व संकलनलाई थप व्यवस्थित बनाउन कानुन निर्माण गर्नका लागि अर्थ समितिका सदस्यले मंगलबार जलेश्वर भन्सार कार्यालयको अनुगमन गर्नुका साथै कार्यालयका कर्मचारी र सरोकारवलासँग अन्तरक्रिया गरेका हुन्।
अन्तरक्रियामा सीमा क्षेत्रमा हुने तस्करी, विभिन्न सामानको चेकजाँच गर्ने प्रक्रिया, भन्सार चेकजाँचलगायतमा हुने समस्याको बारेमा छलफल भएको छ। छलफल पश्चात अर्थ समितिका सदस्य एवं अनुगमन टोलीको संयोजक नारायणी शर्माले छोटी भन्सारबाट हुने चोरी निकासी, स्थानीय सरकारले भन्सार कार्यालयमा दिने सिफारिस र तेस्रो मुलुकसम्म सामान आयात निर्यात गर्न देखिएका समस्यालाई कानुन निर्माण गरेर समाधान गर्नेतर्फ लाग्ने बताए।
अनुगमन टोलीले जलेश्वर भन्सारको अनुगमन गर्नुका साथै धनुषाको जटही नाकाकोसमेत अनुगमन गरेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment