अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर निर्वाचित
काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)को महासचिवमा रोशन थापामगर निर्वाचित भएका छन्।
थापामगर थापामगर ५९८ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी सञ्जय महतोले ४१० मत प्राप्त गरेका छन्।
थापामगर अध्यक्षका उम्मेदवार हेमन्त राई प्यानलका हुन्। महतो विजयप्रकाश सापकोटा पक्षधरका उम्मेदवार हुन्।
११ सचिवको अन्तिम नतिजा पनि सार्वजनिक भएको छ। खुला सचिवमा प्रेम जैशी, वीरेन्द्र जिसी, शिशिर बस्याल र सम्झना राई विजयी भएका छन् । छात्रा सचिवमा तिर्सना आले मगर र समकृति पुन विजयी भएका छन् ।
जनजाति सचिवमा आर्टिस्ट मोक्तान, दलित सचिवमा आशा उपरकोटी, मधेशी सचिवमा अमर मण्डल, खसआर्य सचिवमा जितेन्द्र भण्डारी र शहीद परिवारबाट युन्छो हाङ मावो भएकी छन्।
उपमहासचिवमा विपिन पोखरेल (कोशी), गजेन्द्र यादव (मधेशी, निर्मला गौतम (बागमती), भगवान बास्तोला (गण्डकी), रेशम अधिकारी (लुम्बिनी), प्रकाश अधिकारी (कर्णाली), रामचन्द्र भट्ट, (सुदूरपश्चिम), निरोज श्रेष्ठ (उपत्यका विशेष) र जटिल कार्की (विश्वविद्यालय) निर्वाचित भएका छन्।
कोषाध्यक्षमा फूलमाया राना विजयी भएकी छन्। उनी जनार्दन शर्मा पक्षबाट उमेदवार थिइन्।







डिसी नेपाल







Facebook Comment