सरकारले ल्याएको अध्यादेशले नीजि क्षेत्रमा उत्साह ल्याएको छ : प्रदीप ज्ञवाली
फाईल तस्बिर
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले ल्याएको अध्यादेशले नीजि क्षेत्रमा उत्साह देखिएको बताउनुभएको छ।
प्रेस चौतारी रूपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले आर्थिक रुपान्तरण र सुशासन कायम गर्ने गरि सरकारले ल्याएको अध्यादेशले नीजि क्षेत्रमा उत्साह देखिएको बताए।
ज्ञवालीले संसदमा दर्ता भएको सामाजिक सन्जाल नियमनको विधेयकले सबैलाई मर्यादामा राख्ने, प्रेस स्वतन्त्रता कायम गर्ने र गलत सूचनाबाट सबैलाई जोगाउने जिकिर गरे।
त्यस्तै उनले देशभर सरकारी पीडितलाई अहिलेको सरकार बनेपछि ठूलो रकम फिर्ता गराएको र अहिले पनि निरन्तर काम भएको धारणा राखे।
यस्तै उपमहासचिव ज्ञवालीले एमालेको राजनीतिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आउने चर्चाका बिषयमा संवैधानिक राष्ट्रप्रमुख कुनै पार्टीको राजनीतिमा फर्किने कुरा उचित नभएको उल्लेख गरे।
नेता ज्ञवालीले देशमा स्थायित्वका लागि अहिलेको गठबन्धन बनेको र केही निराशा चिर्नेगरी सरकारले काम गरेको बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment