एमालेलाई कमजोर बनाउन प्रतिक्रियावादी शक्ति लागि परे : ईश्वर पोखरेल

डिसी नेपाल
१६ माघ २०८१ १७:४८
160
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेलाई कमजोर बनाउन खोज्नेहरुले पार नपाउने बताएका छन्।

बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित शहीदहरुको सम्झनामा स्रष्टाहरूको आवाज तथा पुस्तक विमोचन कार्यक्रममा उनले देशी विदेशी प्रतिक्रियावादी शक्ति एमालेलाई कमजोर बनाउनको लागि सबै सम्भव पक्षलाई परिचालित गरिरहेको भन्दै यो असम्भव रहेको बताए।

उनले भने, ‘अहिले नेकपा एमालेको विरुद्धमा एउटा यस्तो खालको वातावरण बनाउन खोजिदैँछ कि एमाले बर्बादिको कारण हो तर म भन्न चहान्छु। एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीको विरुद्धमा यस्तो कुराहरु किन उठ्दैछ भने एमालेलाई कमजोर बनाइयो भने, एमालेलाई समाप्त बनाइयो भने मात्र आफ्ना अभिष्टहरु पूरा हुन सक्छन् भन्ने देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु यसमा केन्द्रीत भएर लागेका छन्। एमालेलाई कमजोर बनाउनको लागि सबै सम्भव पक्षलाई परिचालित गरिएको छ। एमालेलाई कमजोर बनाउन खोज्नेहरुले पार पाउने छैनन्। यो सम्भव हुने छैन्।’

यसको साथै, उनले गौरवशाली इतिहास र भविष्यको मार्गचित्र नै नभएको पार्टी बाहिर आएको भन्दै यस्ता पार्टीहरुको जुन नाटक मञ्चन भईरहेको छ त्यसको कुनै अर्थ नभएको बताए।

उनले समाज, पार्टी, आन्दोलन सबै ठाँउमा जो सक्रिय हुन्छ त्यसले नै अगुवाई गर्ने हैसियत राख्नेभन्दै सक्रिय हुन नसक्ने र नचाहनेहरू कहिले पनि अगुवाई गर्न नसक्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *