सहिद गेटमा सभापति कपको ट्रफी अनावरण

डिसी नेपाल
१६ माघ २०८१ १७:५७
84
Shares

काठमाडौं। नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिता अन्तर्गत ट्रफी अनावरण  सहिद गेटमा सम्पन्न भएको छ।

सहिद दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा विभिन्न खेलकुद तथा राजनीतिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सभापति कपको ट्रफी  निर्देशन समितिका संयोजक एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतले गरेका हुन्। माघ १० गतेदेखि सुरु भएको सभापति कप फुटबल प्रतियोगिता  अन्तिम चरणमा पुगेको छ।

सर्वाधिक पुरस्कार राशिको यस प्रतियोगिताको फाइनल खेलमा संकटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) आमनेसामने हुने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *