राजनीतिक स्वार्थको लागि माओवादीले मान्छे मारेको हो : कमल थापा

डिसी नेपाल
१६ माघ २०८१ १९:५५
172
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले व्यक्तिगत राजनीतिक स्वार्थ परिपूर्तीको लागि हजारौंको संख्यामा माओवादीहरुले व्यक्ति हत्या गरेको आरोप लगाएका छन्।

बुधबार ८५ औं शहिद दिवसको अवसरमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले माओवादीहरुले गरेको व्यक्ति हत्यामा राष्ट्रियता प्रजातन्त्र र राजसंस्थाप्रति आस्था राख्ने व्यक्तिहरु पनि धेरै ठूलो संख्यामा सहिद भएको बताए।

उनले भने, ‘निज राजनीतिक स्वार्थ परिपूर्तीको लागि हजारौंको संख्यामा माओवादीहरुले व्यक्ति हत्या गरे। त्यो व्यक्ति अत्याको श्रिंखलामा राष्ट्रियता प्रजातन्त्र र राजसंस्थाप्रति आस्था राख्ने व्यक्तिहरु पनि धेरै ठूलो संख्यामा शहीद भएका छन्। माओवादी आतंकको शिकार भएका छन्।’

यसको साथै, उनले देश परिवर्तनको क्रममा ज्यान गुमाउने शहीदहरुलाई सधैँ सम्झिनु पर्ने पनि बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *