संसद् अधिवेशनबारे धारणा बनाउन नेकपा एसको सचिवालय बैठक जारी
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी रहेको छ।
विपक्षी दलको बैठक सकिएसँगै पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक सुरु भएको हो।
बैठकमा संसद् अधिवेशन र सरकारले प्रस्तुत गरेको अध्यादेशबारे पार्टीको धारणा तय गरिने बताइएको छ। पछिल्लो राष्ट्रिय राजनीति र पार्टीको गतिविधिबारे पनि बैठकमा छलफल हुने नेकपा एसले जनाएको छ।
यस्तै आजै बसेको प्रमुख प्रतिपक्षी दलको संयुक्त बैठकले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छ। संसदको हिउँदे अधिवेसन सुरू हुन एक दिनअघि सिंहदरबारमा बसेका प्रमुख प्रतिपक्ष दलको बैठकले अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको बैठकमा सरकारले विधि र प्रक्रियाभन्दा बाहिर गएर अध्यादेश ल्याएको भएको भन्दै विपक्षी दलहरुले अस्वीकार गर्ने भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सञ्चारकर्मीलाइ जानकारी दिए।
सिंहदरबारमा बसेकाे बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल सहभागी थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment