ताप्लेजुङ बन्दका कारण अलपत्र ३९ तीर्थयात्रीको उद्धार

डिसी नेपाल
१७ माघ २०८१ २१:२५
356
Shares

काठमाडौं। केबलकार निर्माण खारेजीको मागसहित आन्दोलनमा उत्रिएको समूहले आयोजना गरेको ताप्लेजुङ बन्दका कारण अलपत्र परेका ३९ तीर्थयात्रीको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ।

कास्की, काठमाडौं, भक्तपुर, सिरहा, झापा, मोरङसहित विभिन्न जिल्लाका तीर्थयात्री ताप्लेजुङको फुङलिङ बजारमा अलपत्र रहेका सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं १ कञ्चनजंघा गुल्मले उद्धार गरी पाँचथरतर्फ पठाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

सशस्त्र प्रहरी बलले अलपत्र तीर्थयात्रीको गुल्म परिसरमा स्वास्थ्य जाँचसमेत गरेको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *