सभामुखलाई भेटेर निलम्बित सांसद रविले के भने?

डिसी नेपाल
१८ माघ २०८१ १२:२६
2.4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेका छन्।

सहकारी ठगी प्रकरण र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानको दायरामा रहेका रहेका लामिछाने प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका छन्। आजबाट हिउँदे अधिवेशन सुरु हुने भएसँगै लामिछाने सभामुखसँग सांसद पद निलम्बन फुकुवा गरिदिन माग गरेका छन्।

सांसद पद निलम्बन फुकुवाको मागसहित उनी संसद सचिवालय पुगेको बताइएको छ। निलम्बन गैरकानुनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि उनले आग्रह गरेको बताइएको छ।

सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ८ गते संसद सचिवालयले निलम्बन गरेको थियो।

यो पनि पढ्नुहोस्,

सभामुख भेट्न रवि सिंहदरबारमा


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *