२४ गते पारित हुनेगरि अध्यादेश आजै टेबुल हुन्छ : कांग्रेस
काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले ससद्मा अध्यादेश आजै टेबुल हुने बताएका छन्।
संसदीय दलको बैठकपछि पत्रकारसँगको प्रतिक्रियामा प्रमुख सचेतक घिमिरेले आजै अध्यादेश टेबुल भएर २४ गते पारित हुने दाबी गरे। संसद् अधिवेशन दिउँसो १ बजेबाट सुरु हुँदैछ। त्यसअघि कांग्रेस संसदीय दलको बैठक बसेको हो।
मन्त्रिपरिषद्को सिफारिसमा गत पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए। पुस २९ गते थप चार वटा अध्यादेश जारी भएका थिए।
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन्। माघ २ गते भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि जारी भएका थिए।
संसद् नरहेका बेला सरकारले ल्याएका अध्यादेश संसद्को अधिवेशन सुरु भएको पहिलो दिन नै सभामा पेस गर्नुपर्ने व्यवस्था छ। यसअनुसार शुक्रबार ६ वटै अध्यादेश दुबै सदनका पेस गर्ने सम्भावित कार्यसूची छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment