पाथीभरा मुक्कुमलुङको आन्दोलनमा मधेश केन्द्रित आठ दलको एक्यवद्धता
काठमाडौं । मधेश केन्द्रित विभिन्न आठ दलीय मोर्चाले ताप्लेजुङको पाथीभरा मुक्कुमलुङको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ ।
मोर्चाका सदस्यहरूले शुक्रबार त्रिवि शिक्षण अस्पतालमा मुक्कुमलुङ घटनामा उपचारार्थ घाइतेहरूसँग भेटवार्ता गर्दै आन्दोलनका ऐक्यवद्धता जनाएका हुन्।
संस्कृति पहिचान र भुमिका लागि आन्दोलन गरिरहेकामाथि सरकारले निर्मम तरीकाले दमन गरेको भन्दै आठ दलीय मोर्चाका नेता राजकिशोर यादवले आपत्ति जनाए।
आफ्नो भूमिको रक्षा गर्नका लागि आन्दोलन गरिरहेका नागरिकमाथि राज्यले दमनकारी र बर्बरता देखाएर गोली चलाएर ज्यान लिन खोजेको उनले बताए। तीनै जना घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना गरिएको उनले बताए।
मोर्चाका सदस्य केशव झाले नो केबलकारको पक्षमा आन्दोलन गरिरहेका समूहमाथि सरकारले ज्यादती गरेको बताए। मोर्चाले मुक्कुमलुङ घटनाको मोर्चाले घोर भ्रत्सना गर्ने निर्णय गरेको उनको भनाइ छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment