प्रतिनिधिसभामा सभामुखको भेदभाव : सत्तापक्षलाई बोल्न २० मिनेट, प्रतिपक्षलाई १५ मात्रै
काठमाडौं । लोकतान्त्रिक व्यवस्था भएको मुलुकमा प्रतिनिधि सभाले सरकारको होइन विपक्षीका बढी कुरा सुन्ने गरिन्छ।
तर, प्रतिनिधिसभाको शुक्रबार पाँचौं अधिवेशन सुरु हुँदा सभामुख देवराज घिमिरेले भेदभावपूर्ण व्यवहार प्रस्तुत गरेका छन्।
उनले सुरुमा प्रधानमन्त्री केपी ओलीलाई बोल्न समय दिए। त्यसपछि उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई समय दिए।
त्यसपछि घिमिरेले दलीय प्रतिनिधित्वका आधारमा सांसदलाई बोल्न समय दिए। सुरूमा सत्तापक्षका सांसद योगेश भट्टराईलाई घिमिरेले समय दिए।
घिमिरेले भट्टराईलाई २० मिनेट समय तोके। भट्टराईले २० मिनेटभन्दा बढी कुरा राखे।
तर, प्रतिपक्षी दललाई भने घिमिरेले समय छोट्याए। नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेको बोल्ने पालो आउँदा घिमिरेले १५ मिनेट मात्रै समय दिए।
घिमिरे नेकपा एमालेबाटै सभामुख बनेका हुन्। उनलाई एमालेप्रति नरम हुने गरेको आरोप लाग्ने गरेको छ।
सरकारले अहिले ६ वटा अध्यायदेश ल्याएको छ। सत्तापक्षका सांसदले अध्यादेशको बचाउ गरिरहेका छन्। बीस मिनेट बोल्दा अधिकांश समय भट्टराईले अध्यादेशको बचाउमै खर्च गरे।
प्रतिपक्षी दलको प्रतिनिधित्व गर्दै बोलेका पाण्डेले अध्यादेशबाट सरकार चलाउन खोजेको भन्दै आलोचना गरे। उनले अध्यादेश आवश्यकताका आधारमा ल्याउन मिल्ने भए तापनि अहिले जनताको कष्ट र विपत्तिका बखत सरकार कतै नभेटिएको बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment