सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा नगरौं : कृष्ण सिटौला

डिसी नेपाल
१८ माघ २०८१ १५:३२
76
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सत्तामा रहँदा एउटा कुरा र प्रतिपक्षीमा रहदा अर्को कुरा नगर्न आग्रह गरेका छन्।

शुक्रबारबाट सुरु राष्ट्रियसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै नेता सिटौलाले सवैले आफूले गरेको कामको मूल्याङ्नक र समीक्षा गर्नुपर्ने भन्दै सत्तामा रहँदा एउटा कुरा र प्रतिपक्षीमा रहँदा अर्को कुरा गर्नु उचित नभएको बताएका हुन्।

उनले सहमति, सहकार्य र एकताको भावनाले मात्र देश निर्माणको अभियानमा काम गर्नसक्ने धारणा राखे। नेता सिटौलाले देश बनाउने जिम्मा पाउँदा देश र जनताको हितमा गरेको काम जनतालाई भन्न सक्ने गरि हिसाबकिताब राख्न सक्नुपर्ने बताए। उनले मुलुकलाई अघि बढाउनका लागि एकतावद्ध भएर हिड्न सक्नुपर्नेमा जोड दिए।

नेता सिटौलाले अझै पनि सबैको समग्र मानसिकता संघीयताबमोजिम अधिकारको विकेन्द्रीकरण हुन नसकेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *