किक बक्सिङ टोली भारत प्रस्थान
काठमाडौं। चौथो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा सहभागी हुन चार पुरुष खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली आज भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ।
भोलिदेखि फेब्रुअरी ५ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको ६७ किलो सुनिम श्रेष्ठ, ५४ किलोमुनि आशिक कोली र ५१ किलोनि चिरन राई तथा भक्तराज जोशीले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन्। प्रशिक्षकमा दिवान्स रहेका श्रेष्ठ छन्।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले आज यहाँ आयोजित एक कार्यक्रमका बीचमा खेलाडीलाई बिदाइ गरे।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment