सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न

डिसी नेपाल
१८ माघ २०८१ २०:४२
60
Shares

काठमाडौं। नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि आमनागरिकलाई जानकारी दिने उद्देश्यले बृहत् फोटो तथा हतियारलगायतका सामग्री प्रदर्शनी सम्पन्न भएको छ।

यही माघ १५ गतेदेखि जंगी अड्डामा सञ्चालित सो प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालय, राष्ट्रिय सेवा दललगायत गतिविधि समेट्ने गरी कूल २९ वटा स्टल राखिएका थिए।

प्रदर्शनीबाट अवलोकनकर्तालाई सेनाको विकासक्रम र हाल सम्पादन गरिरहेको विविध जिम्मेवारीबारे जानकारी प्राप्त भएको विश्वास लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *