कांग्रेसको अव्यवस्थित बसोबास समन्वय विभागमा १० जना मनोनयन

डिसी नेपाल
१९ माघ २०८१ १३:५५
148
Shares

काठमाडौं । नेपाली कांग्रेसले भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वय विभागमा सदस्य मनोनयन गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वड प्रमुख रहेको भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका हुन्।

जसअनुसार राजकुमार पाण्डे काठमाडौं, ज्ञानबहादुर शाही जाजरकोट, देवकीदेवी सिंह डडेल्धुरा, कल्पना श्रेष्ठ भक्तपुर, श्यामकृष्ण महर्जन काठमाडौं, सरिता बिसी रुकुम पूर्व, विजयजंग बस्नेत मोरङ, प्रेमबहादुर विक नवलपरासी, सञ्जिव पुडासैनी गोरखा, सपुतबहादुर कार्की रौतहट रहेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *