सकारात्मक समाज निर्माणमा विद्यार्थीको भूमिका महत्वपूर्ण : मन्त्री सिंह
काठमाडौं। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जब विद्यार्थीहरु राम्रो हुन्छन् तब मात्र समाज राम्रो हुने बताएका छन्।
शनिबार विश्व निकेतन माध्यमिक विद्यालयको ७९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री सिंहले सकारात्मक समाज निर्माणमा विद्यार्थीको भूमिका धेरै भएकाले सबैभन्दा बढी लगानी शिक्षा क्षेत्रमा गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘विद्यार्थीहरु जब राम्रो हुन्छन् तब मात्र समाज राम्रो हुनसक्छ। सकारात्मक समाज निर्माणमा विद्यार्थीको भूमिका धेरै भएकाले सबैभन्दा बढी लगानी शिक्षा क्षेत्रमा गर्नुपर्ने आवश्यक छ। तपाईं हामीले एउटा कुरा छुट्याउन सक्नुपर्दछ। राजनीतिमा लागेको मान्छे काम नलाग्ने हो समाजको लागि भन्नुहुन्न। राजनीतिमा लागेको मान्छेले धेरै नै शिक्षाको क्षेत्रमा विकास गरेको छ।’
साथै उनले अहिलेको समाजमा राजनीतिमा लागेको मान्छेले समाजमा केही गर्दैन भन्ने भाष्य सिर्जना भएको बताए। उनले कसैको लहलहैमा लागेर सहि र बेठिक कुरा छुट्याउनमा झुक्किनु नपर्ने बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment