लगानीको वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध छ : पर्यटन मन्त्री

डिसी नेपाल
१९ माघ २०८१ १६:११
32
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले मुलुकमा लगानीको वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।

आइएमई ग्रुपको लगानीमा बागलुङमा निर्माण भएको इला कम्फोर्ट लक्जरी होटलको शनिबार उद्घाटन गर्दै मन्त्री पाण्डेले निजि क्षेत्रलाई प्रोत्साहन गर्दै मुलुकमा लगानीको वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन्।

मुलुकको आर्थिक सुधार गर्नकै लागि आवश्यक कानून बनाउन सरकारले अध्यादेश ल्याएको उनले बताए। मन्त्री पाण्डेले नेपालको आर्थिक समृद्धिको भविष्य पर्यटनमै रहेको र यसको प्रवद्र्धन गर्न सरकार दृढ रहेको उल्लेख गरे।

मन्त्री पाण्डेले मुलुकमा राजनीतिक अस्थीरता अन्त्य गर्नका लागि २०८४ सालसम्मै सरकारलाई बलियो बनाएर अघि बढ्ने जिकिर गरे।

सो अवसरमा आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बागलुङमा सञ्चालनमा ल्याएको यो होटलले यस क्षेत्रको पर्यटन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

साथै उनले मुलुकभित्र लगानी र रोजगारीको वातावरण नहुँदा विदेशिन बाध्य भएका लाखौं नेपालीको भावनालाई समेटेर आफूले मुलुकका सातवटै प्रदेशमा होटल तथा केवलकारसहितका पर्यटकीय पूर्वाधारमा लगानी केन्द्रित गरेको बताए।

करिव ३० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको यो होटलले बागलुङमा स्तरीय आवासको लागि नयाँ मानक स्थापित गर्ने विश्वास लिइएको उहाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *