प्रभु साहसहित दुई जनाविरुद्ध कारण देखाउ आदेश जारी

डिसी नेपाल
२० माघ २०८१ १७:५४
524
Shares

रौतहट । रौतहट जिल्ला अदालतले प्रतिनिधि सभा सदस्य प्रभु साहसहित दुई जनाविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ।

आम जनता पार्टीका अध्यक्ष समेत रहेका साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए। अदालतको अपमान गरेको भन्दै सांसद साह उपर बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले गत शुक्रबार मुद्दा दर्ता गराएका हुन्।

उक्त मुद्दामा आइतवार भएको सुनुवाईपछि प्रतिनिधि सभा सदस्य समेत रहेका साह र आजपाका महासचिव त्रिभुवन साहविरुद्ध रौतहट जिल्ला अदालतले कारण देखाउ आदेश जारी गरेका हो।

रौतहट जिल्ला अदालतको ६ नम्वर न्यायाधीश शम्भु प्रसाद रेग्मीको इजलाशमा मुद्दाको सुनुवाइ भएको श्रेष्तेदार उद्धव ढोडारीले बताए।

उनका अनुसार कारण देखाउ आदेश जारी भइसकेको भएपनि पूर्ण पाठ आउन समय लाग्नेछ। इजलाशबाट पूर्ण पाठको विवरण आएपछि मात्रै जानकारी गराउने उनले बताए। आम जनता पार्टीका अध्यक्ष साह रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *