टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि पुलिस क्लबलाई
कास्की । विभागीय टोली नेपाल पुलिस क्लबले पोखरामा आज सम्पन्न टाइगर कप भलिबलको उपाधि जितेको छ। पुलिस क्लबले घरेलु टोली गण्डकी प्रदेशलाई हराउँदै उपाधि जितेको हो।
‘टाइगर ग्रुप अफ अफ पोखरा’द्वारा आयोजित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुलिस क्लब च्याम्पियन बन्न सफल भएको हो। पोखरा रङ्गशालामा भएको फाइनल खेलमा पुलिसले गण्डकीलाई ३–१ सेटले पराजित गरेको हो।
पुलिसले पहिलो, दोस्रो र चौथो सेटमा जित निकालेको हो। उसले पहिलो सेट २५–२३ अङ्कले तथा दोस्रो सेट २५–२१ अङ्कले जितेको हो। तेस्रो सेट गण्डकीले २५–२० अङ्कले जित्यो। चौथो सेट २५–२२ अङ्कले जित्दै पुलिस क्लबले उपाधि चुमेको हो। उपाधिसँगै पुलिसले रु पाँच लाख ८५ हजार पाँच ५५ ट्रफी र मेडल प्राप्त गर्यो। उपविजेता गण्डकीले रु दुई लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पायो।
यसअघि आजै सम्पन्न महिलातर्फको उपाधि आयोजक टाइगर ग्रुपले जित्यो। उसले विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–२ सेटमा पराजित गरेको हो। टाइगर गु्रपले रु पाँच लाख ८५ हजार पाँच सय ५५ र उपविजेता एपिएफले रु दुई लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पायो।
पहिलो सेट १७–२५ अङ्कले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ अङ्कले आफ्नो पक्षमा पारेको थियो। तेस्रो सेट २१–२५ अङ्कले एपिएफले जित्यो। आयोजक टोलीले चौथो सेट २५–१६ अङ्कले जित्यो। अन्तिम सेट आयोजक टाइगर गुपले १५–१३ अङ्कको जितेर उपाधि चुमेको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment