सिद्धबाबाको सुरुङ नछेडी ओलीले ‘ब्रेक थ्रु’ भने : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पालास्थित सिद्धबाबा सुरुङ छेड्दै नछेडी प्रधानमन्त्री केपी शर्मा ओलीले हल्ला गरेको आरोप लगाएका छन्।
पार्टीको संघीय सम्पर्क कमिटी प्रथम सम्मेलनलाई आइतबार कोटेश्वरस्थित एक रेस्टुररेन्टमा सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री नेपालले निर्माणका लागि अझै तीन वर्ष लाग्ने सुरुङबारे धेरै हल्ला गरिएको बताए।
‘सिद्धबाबाको सुरुङ निर्माण सकिएकै छैन। तर, छेड्दै नछेडी ब्रेक थ्रु भयो भनेर हल्ला गरिरहेका छन्। अझै तीन वर्ष लाग्ने काम अहिले नै सकियो भनेर मैले गरेको भन्दै हल्ला गरेका छन्,’ उनले भने।
उनले मध्यपहाडी राजमार्गमा ४२ वटा सहर बनाउने भनेर एउटा पनि नबनाएको आरोप पनि लगाए। भ्यू टावरका नाममा पैसा उडाउनेले पालिकामा अस्पताल बनाउने भनेर अलपत्र छाडेको उनले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-दोभान सडकखण्डमा निर्माण भएको सिद्धाबाबा सुरुङमार्गको गत माघ ११ गते भर्चुअल ब्रेक थ्रु (छिचोल्ने काम) घोषणा गरेका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment