सीटीईभीटीका उपाध्यक्ष बरालको नियुक्ति बदर
Editor-in-Chief at Dainiki.com
काठमाडौं । सर्वोच्च अदालतले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)को उपाध्यक्ष ओमप्रसाद बरालको नियुक्ति निर्णय बदर गर्न आदेश दिएको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नृपध्वज निरौलाको इजलासले उक्त आदेश दिएको हो। बराललाई ६ मंसिरको मन्त्रिपरिषद्को निर्णयले सीटीईभीटीको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
प्राविधिक शिक्षा एवं व्यवसायिक तालिमको क्षेत्रमा १५ वर्ष काम गरेकाहरू मात्रै योग्य हुने व्यवस्था रहेकोमा कम योग्यता भएको व्यक्तिलाई सिफारिस गरिएको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएकोमा आज उक्त फैसला भएको हो।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment