मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

डिसी नेपाल
२१ माघ २०८१ १२:४५
1.1k
Shares
झापा। पूर्व-पश्चिम राजमार्गको कनकाई नगरपालिका-१ जुके कल्भर्टमा आज बिहान सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको मे४प ९५० नंको मोटरसाइकल आफैं अनियन्त्रित भई डाइभर्सनमा ठोक्किँदा झापा गाउँपालिका-६ शरणामतीका ५० वर्षीय हरिप्रसाद सिटौला गम्भीर घाइते भएका थिए।
टाउको र निधारमा चोट लागेर घाइते भएका सिटौलालाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पठाइएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले जाँच गर्दा मृत्यु भइसकेको जनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *