नेताहरूको कार्यबिभाजन गर्न माओवादी पदाधिकारी बैठक जारी
काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नीजि निवास खुमलटारमा बैठक जारी रहेको हो।
आजको बैठकमा नेताहरूको कार्यविभाजन तथा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल चलिरहेको छ। गएको पुस तेस्रो साता बसेको केन्द्रीय कमिटीको बैठकले नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरे पनि अझै टुंगिएको छैन।
नेतृ पम्फा भुषालले बैठकमा केन्द्रीय नेताहरूको कार्यबिभाजनको प्रस्ताव गर्दैछिन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment