माओवादी केन्द्रले तोक्यो नेताहरूको कार्यविभाजन
काठमाडौं। नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन तोकेको छ। सोमबार खुमलटारमा बसेको पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजन तोकेको हो।
बैठकले कोशीमा उपमहासचिव हरिबोल गजुरेल, मधेश प्रदेशमा उपमहासचिव मातृका यादव, बागमती प्रदेशमा सचिव हितमान शाक्य, गण्डकी प्रदेशमा सचिव दिनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणी खनाल, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेल, विशेष प्रदेशमा जयपुरी घर्ती, सार्क प्रवासमा लक्ष्मण पन्त, यूरोप अमेरिकामा राम कार्की र एसियामा ओम शर्मालाई जिम्मेवारी दिएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment