पाथीभरा केबलकार विवादः वार्ता सकारात्मक, मंगलबार पुनः बस्ने
काठमाडौं। ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका विषयमा भएको आजको वार्ता सकारात्मक रूपमा टुंगिएको छ।
सरकाद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच आज साँझ ललितपुरमा भएको वार्ता सरकारात्मक भए पनि निष्कर्षमा भने पुग्न सकेन।
मंगलबार बिहान ११ बजे पुनःवार्ता बस्ने गरी केहीबेर अघि वार्ता स्थगित गरिएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले जानकारी दिए। ‘आजको वार्ता सकारात्मक भयो तर कुनै निष्कर्ष निस्किएको छैन, भोलि ११ बजे पुनः बस्ने सहमति भएको छ’, उनले भने।
वार्ताका क्रममा आन्दोलनरत पक्षबाट केबलकार निर्माण स्थगित र पक्राउ परेकालाई रिहा गर्नुपर्नेलगायत माग प्रस्तुत भएका जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment