सहकारी ठगी प्रकरण : रविविरुद्ध चितवनमा पनि मुद्दा दर्ता

डिसी नेपाल
२२ माघ २०८१ १४:२७
868
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि मुद्दा दर्ता भएको छ।

सहकारीको रकम अपचलनसम्बन्धी तीन जिल्लामा मुद्दा विचाराधीन रहेका अवस्थामा रविविरुद्ध चौथो मुद्दा दर्ता भएको हो।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले रविविरुद्ध सहारा सहकारी संस्थाको रकम ठगी गरेको अभियोगमा मुद्दा दर्ता गराएको बताइएको छ।

रविविरुद्ध कास्की, काठमाडौं र रूपन्देही जिल्लामा दर्ता भएका मुद्दा विचाराधिन छन्। उनले हालसम्म धरौटी वापत सवा २ करोड रुपैयाँ बुझाइसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *