नेपालको लगातार चौथौं हार
काठमाडौं। महिला त्रिकोणात्मक अन्तार्राष्ट्रिय ट्वान्टी–२० शृंखलामा घरेलु टोली नेपालले लगातार चौथो हार बेहोरेको छ। हारसँगै शीर्ष स्थानमा रहँदै शृंखलाको उपाधि जित्ने नेपालको झिनो सम्भावना समाप्त भएको छ।
मंगलबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले थाइल्याण्डविरुद्ध पाँच रनको हार व्यहोरेको हो। थाइल्याण्डले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरको समाप्तिमा आठ विकेट गुमाउँदै मात्र १०१ रन मात्र बनाउन सक्यो।
लगातार चौथो जितसँगै थाइल्यान्ड उपाधिको नजिक पुगेको छ। त्रिपल राउण्ड रोविन पद्धत्तिमा भइरहेको शृंखलामा थाइल्यान्डले अब नेपाल र नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ। चार खेलमा दुई जितसहित ६ अंक जोडेको नेदरल्यान्ड्सको शीर्ष स्थानमा रहेर उपाधि जित्ने सम्भावना अझै बाँकी छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment