बेचन झाको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको मुद्दामा मिसिल झिकाउन आदेश गरेको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले मंगलबार उक्त आदेश गरेको हो।
प्रहरीले भारतबाट पक्राउ गरी झालाई सरकारले जिल्ला अदालत काठमाडौंमा पूरक अभियोग पत्र दर्ता गराएको थियो।
उक्त अभियोगमा जिल्लाले पुर्पक्षका लागि थुनामा पठाएकोमा त्यसविरुद्ध झा सुरुमा उच्च अदालत पाटन पुगे पनि पाटनले जिल्लाकै आदेश सदर गरेपछि उनी माघ २ गते सर्वोच्च अदालत पुगेका थिए।
झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment