चितवनमा रविको बयान सकियो, थुनछेक बहसको तयारी

डिसी नेपाल
२३ माघ २०८१ १५:५७
528
Shares

चितवन। चितवन जिल्ला अदालतमा रवि लामिछानेको बयान सकिएको छ। साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम ठगी मुद्दाका प्रतिवादी रवि लामिछाने बयानका लागि आज बिहान अदालतमा उपस्थित भएका थिए।

न्यायाधीश दयाराम ढकालको इजलासमा रविको बयान लिइएको हो। बयान सकिएसंगै थुनछेन बहसको तयारी गरिएको छ। बहसका लागि दुवै पक्षबाट १३ जनाले वकालतनामा दर्ता गराएका छन्।

सरकारी वकिलको तर्फबाट तीन जना, सहकारी पिडितको तर्फबाट चार जना र रविको पक्षबाट बहस गर्न ६ जनाले वकालतनामा दर्ता गरेका छन्। जिल्ला सरकारी वकिलको कार्यालय चितवनले मंगलबार रवि सहित १५ जना विरुद्ध पुरक अभियोग पत्र दायर गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *