सामाजिक सञ्जाल विधेयकमा युवाको विरोध छ : सुमना श्रेष्ठ

डिसी नेपाल
२४ माघ २०८१ १४:०२
224
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल सम्बन्धि विधेयकमा युवाको विरोध भएकाले सरकारले यसको समाधान गर्नुपर्ने बताएकी छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युवाहरुको आवाज सदनले सुन्नैपर्ने बताएकी हुन्।

उनले भन्नि, ‘सोसल मिडियामा कन्टेन्ट क्रियटर के हो त्यो बुझ्न जरुरी छ । सामाजिक सञ्जालमा आफ्नो आइडिनटीनिटि कसरी बनाइन्छ यो सामान्य कुराहरु पनि नबुझेर यो विधेयक लिएको छ । यो विधेयकप्रति युवाहरुले गरेको सामाजिक सञ्जालमा जुन विरोध छ त्यसको सरकारले अहिले नै मनन गरेर यसको सम्बोधन गर्नुपर्छ।’

साथै, उनले सबै सांसदहरुले युवाहरुको आवाज बोक्नुपर्ने बताइन् । उनले युवाको आवाज ‘बोल्न दे सरकार’ रहेकाले पनि जनताको आवाजलाई दाब्न नहुने बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *