देश विकासका एजेन्डामा सबैलाई एक ठाउँमा उभिन सांसद ढकालको आग्रह

डिसी नेपाल
२४ माघ २०८१ १५:०७
96
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले देश विकासका एजेन्डामा सबै एक ठाउँमा उभिनुपर्ने धारणा राखेका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै सांसद ढकालले उक्त कुरा बताएका हुन्।

‘सरकारले २९ वटा ऎन संशोधन गर्न जारी गरेका ६ वटा अध्यादेश संसदमा पेस भएको छ। संवैधानीक व्यवस्था बमोजिम नै जारी गरिएका यी अध्यादेशले सार्वजनिक सेवाको क्षेत्रमा व्यापक सुधार गर्दै व्यवसायीक क्षेत्रको मनोबल उच्च बनाउने र जनताले दिनहुँ भोग्नु परेका उल्झन तथा गाँठा तुरुन्त फुकाउने जस्ता पवित्र उद्दश्य राखेको देखिन्छ,’ उनले भने।

सेवाग्राहीको काम सात दिनभित्र सक्नु पर्ने, १५ दिनमा उद्योग दर्ता हुने जस्ता अध्यादेशका विषय हेर्दा सम्मान्य लागे पनि लाखौं नागरिक लाभान्वित हुने व्यवस्था जनपक्षीय रहेको र सर्वत्र स्वागत गरिएको उनको दाबी छ।

‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनदेखि सूचना प्रविधिका कम्पनीमा नयाँ क्रान्ति ल्याउन सक्ने यी अध्यादेशका प्रावधानले सुशासन र व्यवसायीक वातावरण निर्माणमा अभूतपूर्व थालनी गरेकोले म सभामुखमार्फत संसदका सबै माननीयलाई अध्यादेश पारित गरी प्रधानमन्त्रीको काम गरेरै छोड्ने हुटहुटिलाई साथ दिन र देश विकासका एजेन्डामा सबै एक ठाउँमा उभिन आग्रह गर्दछु,’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *