विकासका लागि विज्ञान र प्रविधि आवश्यकः उपप्रधानमन्त्री सिंह
काठमाडौं। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विकासका लागि विज्ञान र प्रविधि आवश्यक रहेको बताएका छन्।
बसुन्धरास्थित साउथवेष्टर्न स्टेट कलेजले आज आयोजना गरेको १३औँ विज्ञान प्रदर्शनीको उद्घाटन गर्दै उनले आगामी दिनमा शिक्षा नीति बनाउँदा विज्ञान र प्रविधिलाई समेट्नुपर्ने बताए। ‘विद्यार्थीमा विज्ञान तथा प्रविधिको महत्व जगाउन यस्ता कार्यक्रम फलदायी हुनेछ, हाम्रोजस्तो मुलुकमा विज्ञान र प्रविधिको क्षेत्रमा लगानी बढाउन जरुरी छ,’ उपप्रधानमन्त्री सिँहले भने।
राज्यले विज्ञान तथा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको उनको भनाइ छ। उपप्रधानमन्त्री सिंहले विद्यार्थीले सैद्धान्तिक ज्ञान र सीपलाई व्यावहारिक बनाउन यस्ता प्रदर्शनीले मद्दत पुग्ने बताए।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले विद्यार्थीलाई वैज्ञानिक, व्यावहारिक, जीवनपयोगी, अनुसन्धनात्मक शिक्षा प्रदान गर्नुपर्ने बताए।
कलेजका अध्यक्ष वासुदेव विष्टले विज्ञान र प्रविधिको विकास विना कुनै आविष्कार गर्न नसकिने बताउँदै साउथवेस्टर्न कलेजले स्थापनाकालदेखि विज्ञान र प्रविधिलाई जोड दिँदै आएको बताए।
आजदेखि सुरु भएको प्रदर्शनीमा निजी तथा सामुदायिक विद्यालय तथा कलेजका विद्यार्थीका तर्फबाट ६० भन्दा बढी स्टल राखिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment