नेपालमा लगानीको वातावरण कम छ : सांसद खतिवडा
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपालमा लगानीको वातावरण निकै नै धेरै कम रहेको बताएका छन्।
बिहीबार बुढीगण्डकी हाइड्रोपावर प्रालि र राष्ट्रिय वाणिज्य बैंकबीच भएको सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै उनले विदेशमा गएर पनि नेपालमा लगानी गरेर नेपाललाई समृद्ध बनाउन सकिने बताएका हुन्।
उनले भने, ‘नेपालमा लगानीको वातावरण निकै नै धरै कम छ। नीजिमैत्री वातावरण छैन। तर नेपालमै लगानी गरेर नेपाललाई समृद्ध बनाउन चाहीं सकिन्छ।’
साथै उनले सरकारले ल्याएको अध्यादेशलाई उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स र सिआएनएनलगायतका संस्थाहरुले समर्थन गरेको बताए। उनले नेपालमा भ्रष्टाचार ठूलो रोगका रुपमा रहेको बताउँदै भ्रष्टाचार विधेयकलाई अगाडि लानुपर्ने बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment