मनपरीतन्त्र टुलुटुलु हेरेर बस्दैनौ,संघर्षमा जान्छौ: महामन्त्री बर्तौला
काठमाडौं। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले अहिले मुलुकमा ब्रम्हलुट र मनपरीतत्र हाबी भएको भन्दै यस्तो अबस्थालाई टुलुटुलु हेरेर बस्न नसकिने बताएका छन्।
पार्टी आबद्ध मजदुर संगठन टुकोनको कार्यक्रममा बोल्दै बर्तौलाले मनपरितन्त्र अन्त्यको लागि आन्दोलन जरुरी भएकोले संघर्षको तयारीमा जुट्नु पर्नेमा जोड दिए। ब्यबस्था नबदली मुलुकको अबस्था नबदलिने भएकोले अहिलेको राज्य ब्यबस्था र प्रणाली परिबर्तन जरुरी भएको उनको तर्क छ।
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता अब देशले धान्न सक्दैन भन्दै बर्तौलाले युबा बिहिन देश बनाउने प्रणाली टिक्नै नसक्ने दाबी गरे। कार्यक्रममा टुकोन अध्यक्ष हिक्मतजङ्ग भण्डारी, नेताहरू राजाराम बर्तौला “चुनेली” अजेलिया रन्जितकार, कर्माडोलकर गुरुङलगायतले बोलेका थिए।
कार्यक्रममा लैङ्गिक समानताको लागि १० बुँदे आचार सहिता समेत प्रस्तुत गरिएको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment