कांग्रेस-एमाले गठबन्धन सत्ता स्वार्थका लागि : प्रचण्ड
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन सत्ता स्वार्थका लागि मात्र भएको बताएका छन्।
आइतबार राजधानीमा भएको विचार गोष्ठीलाई सम्बोधन गर्दैउनले संविधान संशोधन गर्न यो गठबन्धन नभएको आरोप लगाएका हुन्।
‘ठूला दुई दलको प्राथमिकता सत्ता नै हो। संविधान संशोधनका लागि होइन। सत्ताकै लागि सहमति गरेको हो। संविधान बनाउन खोजेको भए ६ महिनामा केही गर्नुभएन। ६ महिना शासन गरेपछि २०८७ मा संविधान संशोधन गर्ने भन्न थाल्नुभयो’, उनले भने।
कांग्रेस र एमालेले संविधानको अभिन्न अंग रहेको वृहत् शान्ति सम्झौता र अन्तरिम संविधान बनाउने पक्षधरसँग कुनै छलफल नगरेकोमा उनले आपत्ति जनाए।
संविधाने संशोधन गर्ने हो भने शान्ति सम्झौताका एक मुख्य घटक माओवादीसँग छलफल गर्नुपर्ने उनको धारणा छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment