सुन तोलाको एक लाख ६९ हजार छ सय
काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार छ सय तोकिएको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला एक लाख ६८ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला एक हजार चार सयले बढेको हो।
त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला एक हजार नौ सय ७५ तोकिएको छ। आइतबार सोही परिमाण चाँदी एक हजार नौ सय ६० मा कारोबार भएको थियो।
नेपालमा सुन तथा चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा घटबढ हुने गरेको छ। हाल अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार आठ सय ७९ अमेरिकन डलर आसपास कारोबार भइ रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment