कम्युनिष्टले कांग्रेस विचार आत्मासाथ गर्दै छन् : मन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले कम्युनिष्टहरुले नेपाली कांग्रेसको विचार आत्मासाथ गरिरहेको बताएका छन्।
सोमबार ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले कांग्रेस कम्युनिष्टको विचारमा गयो भन्ने टिप्पणी भइरहेको भन्दै उनले कम्युनिष्टहरुले चाँही कांग्रेसको विचार आत्मासाथ गरेको प्रष्ट पारे।
उनले भने,‘नेपाली कांग्रेस पार्टी नेपालको राष्ट्रिय राजनीतिको विश्वविद्यालय हो। यही विश्वविद्यालयमा पढेर अरु नेताहरुले दल खोल्नुभयो। दलको नेता बन्नुभयो। मान्छेहरु भन्ने गर्छन् कांग्रेस कम्युनिष्टको विचारमा गयो। तर होईन्। कम्युनिष्ट कांग्रेसको विचारमा आएको हो। नेपाली कांग्रेसको विचार कम्युनिष्टहरुले आत्मासाथ गरेका हुन्।’
त्यस्तै उनले कांग्रेसले जनताको पक्षमा काम गरेर देखाउन सत्तालाई महत्व दिइरहेको बताए। आज नेपालको राजनीतिमा प्रतिस्पर्धी शक्तिहरू परम्परागत संख्यामा सीमित नरहेको भन्दै आलोचनात्मक कोणबाट नभई अझै परिस्कृत हुन जरुरी रहेको बताए।
‘प्रतिस्पर्धीसँगै हामी सत्तामा बसेको स्थिति छ। सत्तालाई विशेष महत्व दिएर गएका हौं। जनताको पक्षमा काम गरेर देखाउन सत्तालाई महत्व दिएका छौं। निर्वाचन प्रतिस्पर्धात्मक हुन्छ नै तर आज नेपालको राजनीतिमा प्रतिस्पर्धी शक्तिहरू परम्परागत संख्यामा सीमित छैनन्। बढेको स्थिति छ। विभिन्न कोण प्रश्न उठाउने बढेर गएका छन्। त्यसैले आलोचनात्मक कोणबाट होइन हामी अझै परिस्कृत हुन जरुरी छ।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment