बाबुराम भट्टराई नेतृत्वको नेसपाको महाधिवेसन आज समापन हुँदै

डिसी नेपाल
२९ माघ २०८१ ७:१४
488
Shares

काठमाडाैं। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा (नयाँ शक्ति) महाधिवेसन आज समापन हुँदैछ। काठमाडौंमा जारी प्रथम महाधिवेशनको बन्द सत्रबाट साेमबार संयोजक डा. बाबुराम भट्टराईले पेस गरेको राजनीतिक दस्तावेज र संगठनात्मक प्रतिवेदन पारित गरेको थियो।

‘नयाँ युगको नयाँ कार्यभारः वैकल्पिक राजनीतिको औचित्य र आधार’ शीर्षकमा भट्टराईले पेस गरेको प्रतिवेदन पार्टीमा समृद्धिको अभियान चलाउन सुझावसहित सर्वसम्मत पारित गरेको सो पार्टीले जनाएको छ।

सोमबार भट्टराईले पेस गरेको प्रस्तावमाथि १२ वटा समूहमा छलफल भएको थियो। समूहगत छलफलबाट आएका सुझावलाई समेटेर प्रतिवेदन पारित गरिएको हो।

भट्टराईको राजनीतिक प्रतिवेदनसँगै समसामयिक राजनीतिक प्रस्ताव र विधान संशोधन प्रस्ताव पनि पारित भएपछि महाधिवेशनको निर्वाचन प्रक्रिया सुरू भएको छ। गत आइतबारदेखि सुरू भएको महाधिवेसनले आज नयाँ नेतृत्वको औपचारिक घोषणा गर्दै महाधिवेसन समापन गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *