फागुन ५ देखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा फागुन ५ गतेदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
एन्फाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फाल्गुन ५ गतेदेखि १४ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने जनाएको हो।
प्रतियोगीतामा नेपालका साथै किर्गिस्तान, म्यानमार र लेबननको सहभागीता रहने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए। नेपालमा पहिलो पटक चार राष्ट्र सम्मीलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुन लागेको उनले बताए।
प्रतियोगिताको तयारीका लागि हाल ३० सदस्यीय नेपाली राष्ट्रिय टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ।
प्रतियोगिताका खेलहरु राउन्ड रोबिन आधारमा खेली शीर्ष दुई टोलीबचि फाइनल खेल हुने प्रवक्ता शाहले बताए।
प्रतियोगीताको टिकट दर साधारणतर्फ ५ सय र भीआइपीतर्फ एक हजार तोकिएको छ। प्रतियोगिताको अनुमानीत बजेट २ करोड ५० लाख ५६ हजार रहेको एन्फाले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment