भारतीय नागरिकको शव फेला, प्रहरीले थाल्यो अनुसन्धान

डिसी नेपाल
२९ माघ २०८१ १५:४७
312
Shares

रौतहट । पर्साको पश्चिमीभेग ठोरी गाउँपालिकामा एक भारतीय नागरिकको हत्या भएको आशंका गरिएको छ।

ठोरी गाउँपालिका-४ बाघमोर्चा पुल नजिकै आज भारतीय पुरुषको शव शंकास्पद अवस्थामा भेटिएको हो। गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

मृतक भारतीय नागरिक भारत बिहार पश्चिमी चम्पारणका ५१ वर्षीय राजदेव माझीको भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी किशोर लम्सालले बताए।

मृतकको घाँटीमा सल बेरिएको र दाग देखिएकाले हत्या गरेर शवलाई त्यहाँ फालेको हुनसक्ने बताएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान थालिएको जनाएको छ।

शवलाई मुचुल्का गरेर पोस्टमार्टमको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *