मिडिया काउन्सिल विधेयक प्रतिनिधिसभामा टेबुल

डिसी नेपाल
२९ माघ २०८१ २०:४०
104
Shares

काठमाडौं। राष्ट्रियसभामा उत्पत्ति भएको ‘मिडिया काउन्सिल विधेयक, २०८०’ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक प्रतिनिधिसभामा टेबुल गरिएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त विधेयक टेबुल गरेका हुन्। तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गत जेठ १३ गते पत्रकारिता क्षेत्रमा पेसागत तथ व्यावसायिक आचरण कायम राख्न तथा स्वनियमलाई प्रवर्द्धन गरी स्वच्छ, स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास तथा संरक्षणका लागि स्वायत्त नियामक निकायको रूपमा मिडिया काउन्सिलको स्थापना र सञ्चालनसँग सम्बन्धित सो विधेयक राष्ट्रियसभामा प्रस्तुत गरेकी थिइन्।

सो विधेयकउपर जेठ २० गते सामान्य छलफल भएको थियो। त्यसपछि सो विधेयकमाथि राष्ट्रियसभामा दफावार छलफल भएपछि दफावार छलफलका लागि जेठ २८ गते समितिमा पठाइएको थियो। समितिले यही माघ १८ गते राष्ट्रियसभामा प्रतिवेदन पेस गरेपछि आज प्रतिनिधिसभामा टेबुल गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *