शिक्षकले विद्यार्थीको सपना देख्नुपर्छ : महामन्त्री शर्मा

डिसी नेपाल
३० माघ २०८१ १५:२६
104
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यार्थीले मात्र नभएर शिक्षकले पनि आफूले पढाउने विद्यार्थीको लागि सपना देख्न आवश्यक रहेको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित रेडियन्ट रिडर्स एकेडेमीको रजत जयन्ती २०८१ को समापन समारोहमा बोल्दै उनले भविष्यमा के बन्न चाहन्छौं भनेर विद्यार्थीलाई गरिने परम्परागत प्रश्न भन्दा पनि विद्यार्थीभित्रको सम्भावनालाई चिन्ने काम शिक्षकले गर्नुपर्ने बताए।

‘परम्परागत रुपमा हामीले तिमि भविष्यमा के बन्न चाहन्छौं भनेको सुन्ने गरेका छौं। यो त्यो समयको कुरा हो। तर, आज मभित्र केको सम्भावना छ भन्ने कुरा मैले आफैँले बुझ्न सकिन भने त्यो बुझाइ दिने कर्तव्य शिक्षकको हो। एउटा विद्यार्थीले आफूले भविष्यमा यो त्यो बन्छु भनेर सपना देख्दै गर्दा शिक्षले पनि कक्षाकोठाभित्र कुन विद्यार्थीमा के बन्ने सम्भावना छ त्यो देख्न सक्नुपर्‍यो,’ उनले भने।

अभिभावकले बच्चलाई दिनुपर्ने समयमा कुनै कम्प्रोमाईज गर्न नहुनेमा उनको जोड छ। आफ्नो बच्चा बिग्रियो भने संगतले बिग्रियो भन्ने एउटा भ्रम रहेको भन्दै संगत कहिल्यै पनि एकोहोरो नभई दोहोरो हुने हुँदा संगतलाई दोष नदिन उनले आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *