भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने लोसपाको निर्णय
काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ। लोसपाका अध्यक्ष महन्थ ठाकुरले बुधबार एक विज्ञप्ति जारी गर्दै जनताको हितविपरीत रहेकाले अध्यादेश अस्वीकार गर्ने बताएका हुन्।
भूमिसम्बन्धी अध्यादेशले वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने लोसपाको निष्कर्ष रहेको छ। ‘यो अध्यादेशले वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढवा दिने हाम्रो ठहर छ। समग्रमा यो अध्यादेश जनताको हितविपरीत रहेको हाम्रो स्पष्ट धारणा छ,’ अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यस्तो अध्यादेश यथास्थितिमा समर्थन गर्न नसकिने अध्यक्ष ठाकुरले बताएका छन्। वर्तमान सरकारमा सहभागी रहेको लोसपाको राष्ट्रिय सभामा एक सिट रहेको छ। प्रतिनिधि सभामा दुई तिहाइभन्दा बढी बहुमत पाएका प्रधानमन्त्री ओली राष्ट्रिय सभामा भने अल्पमतमा छन्। राष्ट्रिय सभामा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) नेपालले यसअघि नै भूमिसम्बन्धी अध्यादेशमा समर्थन गर्न नसकिने निर्णय सुनाइ सकेको छ।
भूमिसम्बन्धी अध्यादेशलाई लिएर प्रधानमन्त्री ओली नैतिक तथा राजनीतिक संकटमा परेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment