प्रचण्डद्वारा गुल्मीमा हेलीप्याड र पिस पार्कको उद्घाटन

डिसी नेपाल
१ फागुन २०८१ १३:५०

तम्घास । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलीप्याड तथा मालिका पिस पार्कको उद्घाटन गरेका छन्।

उनले बिहीबार मालिका गाउँपालिका-४ अर्खाबाङमा निर्माण भएको हेलीप्याडको उद्घाटन गरेका हुन्। उनले सोही वडामा निर्माण भएको पर्यटकीय स्थलका रुपमा चर्चित मालिका पिस पार्कको पनि उद्घाटन गरेका छन्।

मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालसहितका जनप्रतिनिधि तथा स्थानीय नागरिकको उल्लेख्य उपस्थितिमा हेलीप्याड तथा पार्कको उद्घाटन गर्दै नेपालकै नमूना हेलीप्याड निर्माण भएको बताए। उनले देशका विभिन्न स्थानमा निर्माण भएका हेलीप्याडभन्दा गुल्मीको हेलीप्याड उत्कृष्ट रहेको बताउँदै हेलीप्याडबाट विपद् तथा आपतकालिन अवस्थामा यहाँका नागरिकको उद्धार तथा राहतमा ठूलो टेवा पुग्ने विश्वास ब्यक्त गरे।

दोस्रो पटक गुल्मी आएका प्रचण्डको उपस्थितिले यहाँका नागरिकसँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर प्राप्त भएको यहाँका स्थानीयको भनाइ छ। पालिकाभित्र निर्माण गरिएका विकास निर्माणका कार्यलाई जनप्रतिनिधि तथा जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले प्रत्यक्ष साक्षत्कार गराएका हुन्। केही समयपछि प्रचण्डले मालिका गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्नेछन्।

त्यस पश्चात अध्यक्ष प्रचण्डले आजै धुर्कोट गाउँपालिकामा निर्माण भएको सहिद पार्कको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *