मकुना हात्तिको हत्या गरेको भन्दै काठमाडौंमा विरोध
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले मकुना नामको हात्तीको हत्या गरेको भन्दै पशुअधिकारकर्मीले विरोध जनाएका छन्।
बिहीबार काठमाडौंको बबरमहलस्थित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बाहिर प्रदर्शन गर्दै पशु कल्याण संघ नेपालले मकुना नामको हात्तीको हत्या गर्नेलाई कारबाही गर्नसमेत माग गरेका छन्।
सुरक्षाका नाममा हात्तीलाई सिधै गोली हानेर हत्या गरिएको संघको आरोप छ। प्रदर्शनमा सहभागीहरुले मकुनालाई न्याय दे, राष्ट्रिय निकुञ्ज मकुना–रोनाल्डोहरुको हो, आत्मरक्षाका नाममा निर्दोष जनावरको हत्या बन्द गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
पशु कल्याण संघ नेपाली अध्यक्ष स्नेहा श्रेष्ठले मकुना हात्तीलाई निर्ममता पूर्वक हत्या गरेको भन्दै दोषीलाई कारबाही गर्नुपर्ने बताए।
उहाले दोषीलाई कारबाही नभएसम्म निरन्तर दवावका कार्यक्रम आयोजना गर्ने उल्लेख गरे। चितवन राष्ट्रिय निकुञ्जले भने सुरक्षा टोलीलाई आक्रमण गर्न आएपनि आत्मरक्षाका लागि गोलि चलाउनुपरेको बताउदै आएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment