स्कुटर दुर्घटनामा एक जनाको मृत्यु
धनुषा । स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको छ। बटेश्वर गाउँपालिका-२ रमौल टोलस्थित सडकमा बटेश्वरबाट रमौल टोलतर्फ जाँदै गरेको मप्र ०२-००६ प ६१३९ नम्बरको स्कुटर बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही गाउँपालिका-४ बस्ने ४१ वर्षीया हेम कुमारी रेग्मीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको जानकी मेडिकल कलेज रमदैयामा उपचारका क्रममा मृत्यु प्रहरीले जनाएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment