लागुऔषध ‘पोलाइन्ड’सहित दुई जना नियन्त्रणमा

डिसी नेपाल
१ फागुन २०८१ १८:४५
800
Shares

काठमाडौं। सशस्त्र प्रहरी बलले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ स्थित नयाँ बस्तीबाट आज ‘पोलाइन्ड’ नामक लागुऔषध जस्तो पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

एपिएफ इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा स्थानीय एक होटलबाट प्लास्टिकमा प्याक गरिएको अवस्थामा पाँच किलोग्राम पोलाइन्डसहित उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

अनुसन्धानकै क्रममा रहेकाले शस्त्र प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन। प्रहरीले उनीहरुले प्रयोग गरेको स्कुटर र मोटरसाइकलसमेत बरामद गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *