जुवा खालबाट दुई युवतीसहित ९ जना पक्राउ

डिसी नेपाल
२ फागुन २०८१ १२:३४
740
Shares

धनगढी । कैलालीको धनगढीमा होटेल सोल्टीबाट दुई युवतीसहित ९ जुवाडे पक्राउ परेका छन्।

बिहीबार राती साढे ११ बजे धनगढी उपमहानगरपालिका–४ मा डडेल्धुराको आलिताल गाउँपालिका–३ की २८ वर्षीय पूजा खड्काले सञ्चालन गरेको होटेल सोल्टीबाट जुवाडे पक्राउ परेका हुन्।

गोप्य सूचनाको आधारमा प्रहरीले होटेलमा छापा हान्दा होटेल सञ्चालिका पूजा खड्का, सहित डडेल्धुराकै आलिताल गाउँपालिका–७ का ४० वर्षीय गणेश थापा, अजयमेरु गाउँपालिका–३ का ३७ वर्षीय ईश्वर पाण्डे, बैतडीको सिगास गाउँपालिका–३ की २५ वर्षीया हिमा धामी, पुर्चौडी नगरपालिका–८ का ५५ वर्षीय कालु सिंह धामी पक्राउ परेका हुन्।

यस्तै पाटन नगरपालिका–४ का ४१ वर्षीय सुरेन्द्र ऐर, कैलालीको गौरीगंगा नगरपालिका–९ का ४१ वर्षीय लक्ष्मण खड्का, बझाङको थलारा गाउँपालिका–३ का ३० वर्षीय मीन बहादुर भण्डारी र दुर्गाथली गाउँपालिका–८ का ४३ वर्षीय सुरज दौल्याल पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १ लाख ९७ हजार ६७२ रुपैयाँ र २ गड्डी तास बरामद गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *