त्रिशुलीमा मोटरसाइकल खस्यो,चालकको खोजीकार्य जारी
काठमाडौं । मुग्लिङ-नारायणगढ सडकखण्डको २ किलोबाट मोटरसाइकल त्रिशूली नदीमा खसेको छ। मोटरसाइकल त्रिशुलीमा खस्दा चालक बेपत्ता भएका छन्।
सडक छेउमा बनाइएको वालमा ठोक्किएर बागमती प्रदेश-०६-०२ प ९२०४ नम्बरको बुलेट मोटरसाइकल त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ।
चालकको पहिचान हुन नसकेको र खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ। घटनास्थलमा भेटिएको झोलामा लमजुङ चन्द्रेश्वर -३ का २७ वर्षीय रोहित राना नाम रहेको परिचय पत्र फेला परेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment